newa srijana

चक्रे मिलन एक लाख दस हजार रुपैयाँ धरौटीमा रिहा

पोखरा । “चक्रे मिलन” नामले परिचित मिलन गुरुङ भक्तपुर जिल्ला अदालतको आदेशमा १ लाख १० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। उनलाई ज्यान मार्ने उद्योगको अभियोगमा पक्राउ गरिएको थियो।

गत भदौ १० गते मध्यपुर थिमि–२, दिव्यश्वरी प्लानिङस्थित तावा रेष्टुरेन्टमा मनिष रायमाझीमाथि खुकुरी प्रहार गरेको आरोपमा चक्रे मिलन पक्राउ परेका थिए। प्रहरीले सोही अभियोगमा मुद्दा दायर गरेको थियो।

World link net

साउन १५ गते काठमाडौं, महाराजगञ्जस्थित साम्बाला होटलमा जन्मदिनको उत्सव मनाइरहेका बेला उनलाई मध्यरातमा प्रहरीले नियन्त्रणमा लिएको थियो। साउन २३ गते भक्तपुरको सरकारी वकिल कार्यालयमार्फत बयानका लागि पेश गरिएको थियो।

अदालतमा बकपत्र र थुनछेक सम्बन्धी बहस सकिएपछि धरौटीमा रिहा गर्ने निर्णय आएको हो। प्रहरीका अनुसार, मुद्दाको थप अनुसन्धान र अदालती प्रक्रिया अझै जारी रहनेछ।

सिटीजन फनिच्रर