पोखरा । नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले अधिकारीलाई उत्कृष्ट प्रदेश प्रमुखको अवार्डबाट सम्मानित गरेको छ। अधिकारी लगातार तेस्रोपटक यस अवार्डबाट सम्मानित भएका छन्। यसै क्रममा, गण्डकी प्रदेशले पनि लगातार दुईपटक उत्कृष्ट प्रदेशको उपाधि हासिल गरेको छ।
तीन वर्षअघिदेखि प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेका अधिकारीको नेतृत्वमा कर्णाली प्रदेश र गण्डकी प्रदेशले उत्कृष्ट प्रदेशको उपाधि प्राप्त गरेका हुन्।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ को समीक्षा गर्दै काठमाडौँको द सोल्टी होटलमा बिजनेस एक्सिलेन्स कन्फ्रेन्स २०८२ सम्पन्न गरेको छ। कार्यक्रममा गण्डकी प्रदेशमा नेपाल लाइफले गत वर्षभन्दा करिब ४९५ व्यवसाय वृद्धि गर्दै ८३ करोडभन्दा बढी प्रथम वर्षको बीमा शुल्क संकलन गर्न सफल भएको जानकारी प्रस्तुत गरिएको थियो।
उक्त कन्फ्रेन्समा विगत आर्थिक वर्षको समीक्षा गर्दै आगामी आर्थिक वर्षको रणनीति समेत तय गरिएको छ। नेपाली बीमा बजारमा हालसम्मकै ऐतिहासिक १० अर्बभन्दा बढी प्रथम बीमा शुल्क संकलन गर्न सफल नेपाल लाइफले उत्कृष्ट व्यवसाय गर्न सफल भएका प्रदेश प्रमुख, शाखा प्रमुख र अन्य कर्मचारीहरूलाई सम्मान गरेको छ।
