सुचना१
हेमाजा हिले महोत्सव

भदौ ५ गते पोखरामा गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिता

पोखरा । गण्डकी प्रदेशस्तरीय कृषि तीज गीत प्रतियोगिता आगामी भदौ ५ गते पोखरामा हुने भएको छ । पब्लिक फोरके टेलिभिजनको आयोजना र प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको समन्वयमा प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिता पोखरा उद्योग वाणिज्य संघको सभाहलमा हुनेछ ।

प्रतियोगितामा प्रदेशका ९ जिल्लाबाट कृषि ज्ञान केन्द्रमार्फत छनोट भएका समूहहरुले प्रतिस्पर्धा गर्नेछन् । मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लाले सहभागिता जनाउने भएका छन् ।

प्रतियोगितामा विजेता समूहलाई ५५ हजार ५५५ रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ । त्यसैगरी दोस्रो हुने समूहलाई ३३ हजार ३३३, तेस्रो हुने समूहलाई २२ हजार २२२ र सान्त्वना प्राप्त गर्ने समूहलाई ११ हजार १११ रुपैयाँ पुरस्कार दिइनेछ । उत्कृष्ट नृत्य प्रस्तुत गर्ने तीन जनालाई आकर्षक सारी तथा उत्कृष्ट भेषभूषा प्रदर्शन गर्ने सहभागीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ ।

कार्यक्रममा चर्चित कलाकारहरु राजु परियार, प्रजापती पराजुली, शुशिला गौतम, राजन कार्की र सरला पाण्डेसहितका कलाकारहरुले प्रस्तुति दिनेछन् । प्रतियोगितामा प्रवेश निःशुल्क रहनेछ ।

वडा नं २६
Sadak 1
पुल सेन्टर