newa srijana

कुटपिट र गाडी तोडफोडमा संलग्न दुई जना पक्राउ

पोखरा । स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं. ४, नागडाँडा भालुपहाडस्थित होटलमा खाजा खाइ बसमा चढ्ने क्रममा यात्रु र सहचालकमाथि कुटपिट गर्ने र गाडीको सिसा तथा लाईट तोडफोड गर्ने घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

World link net

जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले स्थानीय ठूलीबेसीमा लुकिछिपी बसेका अवस्थामा आरोपीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा पुतलीबजार –४ ठूलीबेसीका २७ वर्षीय अजय परियार र २१ वर्षीय निर्मल परियार रहेका छन् ।

पक्राउपछि प्रहरीले जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट अभद्र व्यवहारको कसूरमा १० दिनको म्याद थप गरी अनुसन्धान जारी राखेको जनाएको छ।

सिटीजन फनिच्रर