सुचना१
हेमाजा हिले महोत्सव

प्रेस चौतारी कास्की अध्यक्ष अधिकारीलाई मातृशोक

पोखरा । प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष मोतिसागर अधिकारीलाई मातृशोक परेको छ। अध्यक्ष अधिकारीकी आमा छलि अधिकारीको ६९ वर्षको उमेरमा सोमबार साँझ निधन भएको हो।

परिवारका अनुसार आज मंगलबार बिहान ८:३० बजे पोखरा–२५ हेम्जा सुइखेतबाट शवयात्रा निकालेर मेलबोटस्थित सेती नदी किनारको तुलसीघाटमा अन्तिम दाहसंस्कार गरिएको छ।

अध्यक्ष अधिकारी नेपाल पत्रकार महासंघ कास्कीका सदस्य समेत रहेका छन्। आमाको निधनप्रति महासंघले शोक वक्तव्य जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।

त्यसैगरी प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिले पनि अधिकारीको मातृवियोगप्रति दुःख प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। विज्ञप्तिमा स्व. अधिकारीको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो संवेदना व्यक्त गरिएको छ।

वडा नं २६
Sadak 1
पुल सेन्टर