newa srijana

इन्द्रपुरी मार्गबाट लागू औषधसहित व्यक्ति पक्राउ

पोखरा । लागू औषध कारोबार हुँदै गरेको सूचनाको आधारमा प्रहरीले पोखराको इन्द्रपुरी मार्गमा घर खानतलासी गर्दा ठूलो परिमाणमा लागूपदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, मंगलबार दिउँसो करिब २ बजे लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त टोलीले पोखरा–८ इन्द्रपुरी मार्ग बस्ने ४६ वर्षीय रमेश थापाको घरमा छापा मारेको थियो। खानतलासीका क्रममा ब्रुफिनुर्फिन १६१ एम्पुल, डाईजापाम १३५ एम्पुल, फेनेरागन १६४ एम्पुल गरी जम्मा ४६० एम्पुल, गाँजा ४ केजी १०० ग्राम, डिजिटल तराजु १ थान र मोबाइल फोन १ थान बरामद भएको प्रहरीले जनाएको छ।

World link net

बरामद लागू औषध र सामग्रीसहित थापालाई नियन्त्रणमा लिइएको छ। उनलाई लागूपदार्थसम्बन्धी कसूरमा आवश्यक अनुसन्धानका लागि कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

कास्कीका प्रहरी नायब उपरीक्षक हरी बहादुर बस्नेतका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

 

सिटीजन फनिच्रर