newa srijana

गायक प्रशान्त पौडेलको नयाँ गीत “भए तिम्रै हुने हो” रिलिज हुने तयारीमा

पोखरा । सयौँ गीतमा स्वर र संगीत भरेर सांगीतिक क्षेत्रमै छुट्टै पहिचान बनाइसकेका गायक प्रशान्त पौडेलको नयाँ गीत “भए तिम्रै हुने हो नभए एक्लै काट्छु जुनि येा” सार्वजनिक हुने तयारीमा रहेको छ।

विगत १५ वर्षदेखि निरन्तर नेपाली गीत–संगीतमा सक्रिय पौडेल आफ्नै रचना र संगीतलाई स्वर दिनेमा प्रखर मानिन्छन्। सरल र अन्तरमुखी स्वभावका कारण सार्वजनिक कार्यक्रममा कमै मात्र देखिने उनी, आफ्ना सिर्जनात्मक काममार्फत श्रोता–दर्शकलाई निरन्तर मन्त्रमुग्ध बनाउँदै आएका छन्। ‘सान्नानी’ बोलको गीतले हालै युट्युबमा करोड क्लबमा प्रवेश गर्दै उनको सांगीतिक यात्रालाई थप उचाइमा पुर्याएको छ।

सिटीजन फनिच्रर

नयाँ गीतमा गायक पौडेल स्वयंको शब्द, संगीत र स्वर रहेको छ भने गायिका बेनिसा पौडेलले पनि स्वर साथ दिएकी छिन्। वेब रेकर्डिङ स्टुडियोमार्फत रेकर्ड भएको उक्त गीतको म्युजिक भिडियोमा पौडेलले पहिलो पटक स्क्रिन सेयर गरेका छन्। भिडियोमा उनले पोखराका युवा व्यवसायी मञ्जु बिष्टसँग अभिनय गरेका छन्।

Mountain run pokhara click

ओएसिस क्रिएसन पोखराको प्रस्तुतिमा तयार भएको उक्त म्युजिक भिडियो मञ्जु बिष्टकै डेब्यु अभिनय समेत हो। आगामी भाद्र १३ गते शुक्रबार “प्रशान्त पौडेल युट्युब च्यानल” मार्फत भिडियो सार्वजनिक गरिने बताइएको छ।

म्युजिक भिडियोको निर्देशन अनिल के मानन्धरले गरेका छन् भने सम्पादन दिनशन शाहले गरेका हुन्। गीतको मिक्सिङ नरेन्द्र बियोगीले तयार पारेका छन्। गायक पौडेलका अनुसार, यो गीतमार्फत दर्शक–श्रोताले आफूलाई फरक भूमिकामा पनि देख्ने अवसर पाउनेछन्।

Rabin photo