newa srijana

पर्यटन व्यवसायी कमला ‘महिला पर्यटन उद्यमी’ अवार्डबाट सम्मानित

पोखरा । पोखराकी महिला पर्यटन व्यवसायी कमला गिरीले प्रतिष्ठित एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड प्राप्त गरेकी छन्। काठमाडौंमा सोमबार आयोजित समारोहमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई ‘महिला पर्यटन उद्यमी अवार्ड’ बाट सम्मान गरेका हुन्।

सिजन मिडियाले विभिन्न क्षेत्रमा आफ्नो लामो समयको निरन्तरता, उल्लेखनीय उपलब्धि र क्षेत्रको विकासमा अतुलनीय योगदान दिएका व्यक्तिलाई यो अवार्ड दिने गर्दछ। छैटौं संस्करणमा आयोजित यस वर्षको समारोहमा गिरीसहित २९ जनालाई अवार्ड प्रदान गरिएको थियो। तीमध्ये ७ जना विदेशीले पनि एशियन अवार्ड प्राप्त गरेका छन्।

World link net

कमला गिरी पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) की अध्यक्ष रहिसकेकी छिन् र महिला पर्यटन व्यवसायीलाई एकबद्ध गर्ने उनको योगदानलाई अतुलनीय मानिन्छ। हालै उनको अध्यक्ष पदको कार्यकाल सकिएको छ।

त्यसैगरी उनी रोटरी क्लब पोखरा फिस्टेलकी अध्यक्ष पनि हुन् भने नाट्टा गण्डकीको निवर्तमान उपाध्यक्ष रहिसकेकी छन्। लामो समयदेखि ट्राभल व्यवसाय संचालन गर्दै आएकी गिरीले पोखरामा लेकसाइड ह्वाइट कोरल स्पा एकेडेमी सञ्चालन गर्दै आएकी छन् र सो एकेडेमीकी म्यानेजिङ डाइरेक्टर पनि हुन्।

समारोह सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यक्तित्वहरुको उपस्थितिले समारोहको वैभव थपेको थियो।

सिटीजन फनिच्रर