newa srijana

फेवाताल किनारमा एभरेस्ट महिला भलिबल लिग ट्रफी अनावरण

पोखरा । वात्सल्य एभरेस्ट महिला भलिबल लिगको ट्रफी पाेखरा फेवाताल किनारमा अनावरण गरिएको छ।

इन्फनिटी ड्रिम्स प्रालिको आयोजनामा हुने एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण ट्रफी विभिन्न शहरमा भ्रमण गराउँदै अन्तिममा पोखरा ल्याएर आज पाेखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र पाेखरा निन्जाजकी ब्रान्ड एम्बासडर सनिशा भट्टराईले संयुक्त रूपमा अनावरण गरेका हुन्। सुरु हुने लिगको दोस्रो संस्करण अघि घरेलु टिम पोखरा निन्जाजले बुधबार पोखरामा उक्त ट्रफी अनावरण गरेको हो । ट्रफीलाई तालबाराही मन्दिर समेत लगिएको थियो ।

सिटीजन फनिच्रर

Mountain run pokhara click

पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा भदौ २० देखि २८ गते सम्म सञ्चालन हुने एशियाकै पहिलो महिला फ्रेन्चाइज भलिबल लिगको उद्घाटन खेलमा साविक विजेता कर्णाली यशविस र घरेलु टोली पोखरा निन्जाजबीच प्रतिस्पर्धा हुने भएको छ। उद्घाटन खेल भदौ २० गते शुक्रबार दिउँसो २ बजे पोखराको बहुउद्देश्यीय कबर्डहलमा हुनेछ। दोस्रो खेल ललितपुर क्वीन्स र मधेश युनाइटेड बीच हुनेछ । लिगमा ६ टिम र ९ देशका १८ विदेशी खेलाडी खेल्नेछन्।

Rabin photo