सुचना१
हेमाजा हिले महोत्सव

पोखरामा मेयर आचार्यको घरमा प्रदर्शनकारीद्वारा तोडफोड

पोखरा । जेनजी आन्दोलन चर्किँदै जाँदा पोखरा महानगरका मेयर धनराज आचार्यको निजी घर समेत तोडफोडको निसानामा परेको छ। मंगलबार दिउँसो प्रदर्शनकारीले महानगरपालिका कार्यालयमा तोडफोड तथा आगजनी गरेपछि केही बेरमै आक्रोशित समूह मेयरको न्युरोडस्थित आवासतर्फ गएका थिए।

साढे १ बजेतिर पुगेको समूहले घरभित्र प्रवेश गरी केही सामान बाहिर निकालेको र घरअगाडि आगजनीसमेत गरेको प्रत्यक्षदर्शीले बताएका छन्। घटनापछि घर वरपरको वातावरण तनावग्रस्त बनेको थियो।

यसअघि दिउँसोको घटनामा महानगरको कार्यालय भवनमा तोडफोडसँगै आगलागी भएको थियो। कार्यालयमा गरिएको क्षतिको विवरण संकलन भइरहेका बेला मेयरको घरलाई लक्षित गरेर गरिएको आक्रमणले शहरमा थप असुरक्षा र भयको वातावरण सिर्जना भएको छ।

वडा नं २६
Sadak 1
पुल सेन्टर