पोखरा । जेनजी आन्दोलन चर्किँदै जाँदा गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाको निजी निवासमाथि पनि आक्रमण भएको छ। मंगलबार दिउँसो नयाँबजारस्थित उनको घरमा प्रदर्शनकारीले ढुंगामुढा र तोडफोड गर्दै आगजनी गरेका छन्।
आन्दोलनकारी भीड प्रवेश गरेपछि घरको गेट र भित्तामा ढुंगामुढा गरिएको थियो। त्यसपछि मुख्य प्रवेशद्वार तोडेर भित्र छिरेका केही प्रदर्शनकारीले घरको कोठा, फर्निचर र सवारी साधनसमेत तोडफोड गरेका छन्। आगजनीपछि घरभित्रको केही भागमा धुवाँ र आगो फैलिएको देखिएको छ।
