पोखरा । सोमबारदेखि सुरु भएको जेन–जी आन्दोलन मंगलबार झन् चर्कँदै गएपछि पोखरास्थित कास्की कारागारबाट कैदीहरूलाई मुक्त गरिएको छ । आन्दोलनकारी भीडले जेलको पर्खाल भत्काउँदै कैदीलाई बाहिर ल्याएको स्थानीय स्रोतहरूले जनाएका छन् ।
आन्दोलनकारीहरूको ठूलो समूह दिउँसो करिब २ बजे कारागार क्षेत्रतर्फ अघि बढेको थियो । सुरक्षाकर्मीले रोकथामको प्रयास गरे पनि नियन्त्रणमा लिन नसक्दा उनीहरू कारागार परिसरभित्र प्रवेश गरेका हुन् । भीड आक्रोशित हुँदै कैदीहरूलाई बाहिर ल्याएको बताइएको छ ।
