सुचना१
हेमाजा हिले महोत्सव

प्रधानमन्त्री सुशीला कार्की नियुक्त, प्रतिनिधिसभा विघटनसहित ६ महिनाभित्र निर्वाचनको तयारी

पोखरा । लामो राजनीतिक रस्साकस्सीबीच राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्दै प्रतिनिधिसभा विघटन गरेका छन्। शुक्रबार राति शीतलनिवासमा शपथ ग्रहण गरेलगत्तै कार्कीले सिंहदरबार प्रवेश गरी कार्यभार सम्हालेकी छन्।

राष्ट्रपति कार्यालयका अनुसार नयाँ गठित सरकारले आगामी फागुन महिनाभित्र नयाँ जनादेशका लागि प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउनु पर्ने कार्यादेश पाएको छ। यस कदमलाई संविधानिक प्रक्रिया अघि बढाउने र लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउने प्रयासका रूपमा हेरिएको छ।

यो राजनीतिक घटनाक्रम जेन जी समूहको आन्दोलनपछि आएको हो। उक्त समूहले संसद विघटनबिना सरकारको नेतृत्व स्वीकार्न अस्वीकार गर्ने अडान राखेपछि राष्ट्रपति पौडेलले दिनभर परामर्श गरेर अन्ततः संसद विघटन र नयाँ प्रधानमन्त्री नियुक्ति एउटै पत्रमार्फत गरेका थिए।

तर, ठूला भनिएका दलहरूले भने प्रतिनिधिसभा विघटनको विरोध गरेका छन्। उनीहरूले यो कदमले राजनीतिक अस्थिरता अझ बढ्ने चेतावनी दिएका छन्। यद्यपि, राष्ट्रपति र नयाँ सरकारका निकट स्रोतले भने यो मार्ग नै निकासको उपाय भएको दाबी गरेका छन्।

यससँगै मुलुक अब ६ महिनाभित्र नयाँ निर्वाचनतर्फ अघि बढ्ने भएको छ। नयाँ सरकारको मुख्य चुनौती लोकतान्त्रिक अभ्यासलाई सहज बनाउँदै, समयमै निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गर्नु रहनेछ।

वडा नं २६
Sadak 1
पुल सेन्टर