newa srijana

पोखराका विद्यालय असोज १ गतेदेखि सञ्चालन हुने

पोखरा । असामान्य परिस्थितिका कारण केही समयदेखि ठप्प पठनपाठन स्थगित भएका पोखरा महानगरपालिकाभित्रका सबै विद्यालय असोज १ गतेदेखि नियमित सञ्चालनमा आउने भएका छन्।

भदौ २८ गते बसेको नगर कार्यपालिकाको बैठकले विद्यालय सञ्चालनको निर्णय गरेको हो। यसअनुसार महानगरपालिकाभित्रका सबै विद्यालयहरूले असोज १ गतेदेखि अनिवार्य रूपमा कक्षा सञ्चालन गर्नुपर्नेछ। अभिभावक, विद्यार्थी र विद्यालय सञ्चालकलाई समयमै तयारी गर्न महानगरले आग्रह गरेको छ।

World link net

महानगरपालिकाको शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्यका अनुसार, विगत केही समयदेखि असामान्य अवस्थाका कारण विद्यालयहरू पूर्ण रूपमा बन्द भएका थिए। यसले विद्यार्थीको सिकाइमा प्रत्यक्ष असर पारेको भन्दै वर्तमान परिस्थितिको मूल्यांकनपछि विद्यालय खुलाउने निष्कर्ष निकालिएको हो।

सिटीजन फनिच्रर