पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालय पुगेका छन्।
केही दिनअघि ‘जेनजी आन्दोलन’का क्रममा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका कारण कार्यालय आंशिकरूपमा ध्वस्त भएको थियो। सोही कार्यालय पुगेका प्रचण्डले जनयुद्धमा सहिद भएका योद्धा र हालको आन्दोलनमा प्राण गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गरे।
अवलोकन क्रममा उनले क्षतिग्रस्त भवन पुनःनिर्माणका लागि पार्टीका सबै तहका कार्यकर्ताको सहयोगमा नयाँ संरचना निर्माण गरिने घोषणा गरेका छन्। उनले आन्दोलनका क्रममा भएको घटनाले दुःखद स्मरण दिलाए पनि पार्टी कार्यालयलाई अझ सबल र सक्षम बनाउन अग्रसर हुने प्रतिवद्धता व्यक्त गरे।
पार्टी स्रोतका अनुसार प्रचण्डले पेरिसडाँडामा कार्यकर्तासँग भेटघाट गर्दै परिस्थिति सामनाका लागि एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्।
