सुचना१

सराङ्गकोट बहुउद्देश्यीय सहकारीको अध्यक्षमा बानियाँ

पोखरा । सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्था लि. को १९औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनले शिव बहादुर बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ।

नवगठित कार्यसमितिमा उपाध्यक्षमा रामणी पौडेल, सचिवमा जयराम पौडेल, कोषाध्यक्षमा शिव बहादुर थापा रहेका छन्। त्यस्तै सञ्चालक सदस्यमा छविलाल तिमिल्सिना, आरती श्रेष्ठ, रिता क्षेत्री, ध्रुवकुमार सुन्चौरी र पुष्पा महर्जन चयन भएका छन्। लेखा समितिको संयोजकमा कुल प्रसाद सुवेदी तथा सदस्यमा मायाकुमारी शर्मा र तारादेवी थापा रहेका छन्।

साधारण सभाको उद्घाटन संस्थाका जेष्ठ सदस्य अधिवक्ता डा. कृष्ण गोपाल पराजुलीले गरेका थिए। उनले सहकारी संस्थामा सदस्यहरूको सक्रिय सहभागिता नै यसको मूल आधार हुने बताएका थिए।

सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गर्दै तत्कालीन अध्यक्ष कृष्ण बहादुर थापाले संस्थामा ६३९ जना शेयर सदस्य रहेको जानकारी दिए। उनले गत आर्थिक वर्षमा १ अर्ब ८९ करोड रुपैयाँको बचत संकलन भई १ अर्ब ७८ करोड बचत फिर्ता र ४६ करोड लगानीसहित संस्थाको वासलात ५६ करोड २४ लाख पुगेको विवरण प्रस्तुत गरे।

कार्यक्रममा विभिन्न विधामा योगदान गरेका सदस्य र कर्मचारीलाई सम्मान गरिएको थियो। उत्कृष्ट कर्मचारीका रूपमा पवन श्रेष्ठलाई सम्मान गरिएको छ भने जेष्ठ सदस्य सनकमान बाटाजुलाई विशेष सम्मान गरिएको थियो। यस्तै, शेयर सदस्यका छोराछोरीलाई शैक्षिक सम्मान प्रदान गरिएको थियो।

साधारण सभामा पूर्व अध्यक्ष प्रेम बहादुर जीसी, सल्लाहकार सुशिलराज पराजुली, सोभियत बहादुर अधिकारी, कमलनयन गौतम, डा. इन्द्रमान महर्जन, इन्द्रकमल मानन्धर, निर्वाचन समिती संयोजक चिन्तामणि बाँस्तोला लगायतले सहकारीलाई दिगो र परिणाममुखी बनाउन आवश्यक योजना र रणनीति बनाउनुपर्ने सुझाव दिएका थिए।

संस्थाका तत्कालीन अध्यक्ष कृष्ण बहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बसन्त बहादुर बानियाँ, सचिव कुल प्रसाद सुवेदी, कोषाध्यक्ष राममणी पौडेल, लेखा संयोजक शिव बहादुर बानियाँ र व्यवस्थापक सुरेन्द्र थापाले विभिन्न प्रतिवेदन र प्रस्तावित योजना प्रस्तुत गरेका थिए। प्रस्तुत प्रतिवेदन र कार्यक्रम साधारण सभाबाट पारित गरिएको छ।

२०६३ सालमा सामुदायिक सहभागितासहित स्थापना भएको सहकारीले रेडियो सराङ्गकोट सञ्चालनमार्फत सञ्चार क्षेत्रमै सीमित नभई सामाजिक तथा रचनात्मक गतिविधिहरू, रक्तदान, शैक्षिक सहयोगजस्ता कार्यक्रम पनि गर्दै आएको छ।

वडा नं २६
Sadak 1
पुल सेन्टर