सुचना१

युनाइटेड क्लब पोखराद्धारा जेन्जी आन्दोलन प्रभावित कार्यालयहरुलाई कम्प्युटर र प्रिन्टर सहयोग

पोखरा । पोखरामा गत भदौ २४ गते जेन्जी आन्दोलनको क्रममा आगलागीबाट क्षति पुगेका सरकारी तथा निजी सम्पदामा युनाइटेड क्लबले सहयोगको हात बढाएको छ। क्लबले विपद व्यवस्थापन कोष अन्तर्गत कास्कीका विभिन्न पाँच कार्यालयलाई कम्प्युटर र प्रिन्टर प्रदान गरेको छ।

युनाइटेड क्लबका द्वितीय उपाध्यक्ष तथा विपद व्यवस्थापन समितिका संयोजक सूर्य बहादुर बानियाँका अनुसार, जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला सरकारी वकिलको कार्यालय कास्की र पोखरा महानगरका वडा नं १०, १२ र १५ नम्बर वडालाई आवश्यक सामग्री हस्तान्तरण गरिएको हो।

क्लबले पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनमा निरन्तर काम गर्दै आएको छ। आगामी तिहारको अवसरमा आयोजना गरिने देउसी भैलो कार्यक्रमबाट संकलित रकमबाट स्थापित विपद व्यवस्थापन कोषमार्फत यस सहयोग प्रदान गरिएको हो।

कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले क्लबको सहयोगको उच्च मूल्याङ्कन गर्दै आगलागीबाट प्रभावित कार्यालयलाई आवश्यक सामाग्री हस्तान्तरण गरेकोमा धन्यवाद व्यक्त गरे। उनले संकटको बेलामा सबैले मिलेर अघि बढ्नुपर्नेमा जोड दिइन्।

त्यस्तै, वडा नं १५ का अध्यक्ष तोरण बहादुर बानियाँले पनि सामाजिक काममा छुट्टै पहिचान बनाएको युनाइटेड क्लबलाई धन्यवाद दिँदै भने कि, आगलागीबाट नष्ट भएका सामग्रीहरु पुनः प्राप्त हुनुले वडाको दैनिकी कामकाजमा प्रत्यक्ष सहयोग पुगेको छ।

युनाइटेड क्लबका अध्यक्ष लोक बहादुर थापाका अनुसार, जेन्जी आन्दोलनको समयमा सानो भए पनि सहयोग गर्न क्लबले जनता संग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालय र वडालाई आवश्यक पर्ने कम्प्युटर र प्रिन्टर प्रदान गरेको हो।

वडा नं २६
Sadak 1
पुल सेन्टर