सुचना१

च्याङ्ग्रा बोकेको गाडीको ठक्करले सासुको घटनास्थलमै मृत्यु, बुहारी घाइते

पोखरा । विन्ध्यवासिनी नजिकै आज बिहान च्याङ्ग्रा बोकेको सानो गाडीले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने अर्की घाइते भएकी छिन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार स्कुटरमा सासु र बुहारी सवार थिए। ठक्कर यति तीव्र थियो कि सासुको घटनास्थलमै ज्यान गयो। घाइते भएकी बुहारीलाई स्थानीयले तत्काल उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याएका छन्, जहाँ उनको उपचार भइरहेको छ।

यसैगरी अपराह्न पोखराको छोरेपाटन क्षेत्रमा भएको अर्को सडक दुर्घटनामा पनि एक जनाको मृत्यु भएको छ। मृतकको परिचय खुलिसकेको छैन भने विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

दुवै दुर्घटनाका चालकलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

 

वडा नं २६
Sadak 1
पुल सेन्टर