पोखरा । मलेसियाविरुद्धको महिला टी–२० अन्तर्राष्ट्रिय सिरिज नेपालले जितेको छ। पाँच खेलको सिरिजमा नेपालले निर्णायक खेलमा ५ विकेटले जित हासिल गर्दै समग्र नतिजा ३–२ ले आफ्नो पक्षमा पारेको हो।
निर्णायक खेलमा पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर १०३ रन बनाएको थियो। मलेसियाकी कप्तान विनिफ्रेड दुराइसिंघामले ४० रन बनाउँदै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्याएकी थिइन्। नेपालका बलर कविता कुँवर र राजमती ऐरीले ३–३ विकेट लिएर विपक्षी टोलीलाई दबाबमा राखेका थिए।
जवाफमा नेपालले १०४ रनको लक्ष्य १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। ओपनर रुबी पोदारले २६ रन बनाउँदै जितको आधार तयार पारेकी थिइन्। अन्य खेलाडीहरूको सन्तुलित प्रदर्शनले पनि टोलीलाई विजयी बनाएको थियो।
