पोखरा । पोखरा–२६ मा जेष्ठ नागरिकहरूका लागि सञ्चालन हुँदै आएको तालवेसी जेष्ठ नागरिक सेवा केन्द्रले आफ्नो पहिलो वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न गर्दै नयाँ कार्यसमिति चयन गरेको छ। सर्वसम्मत निर्णयअनुसार वद्रिनाथ ढुगानालाई अध्यक्षमा चयन गरिएको छ।
गत वर्ष स्थानीय पहल र समुदायको सक्रिय योगदानमा सञ्चालनमा आएको यो केन्द्रले जेष्ठ नागरिकहरूलाई दिवा सेवा सुविधा प्रदान गर्दै आएको छ। अधिवेशनमा सहभागी सदस्यहरूले ढुगानाको अध्यक्षतामा आगामी वर्षको कार्ययोजना र सेवा विस्तारमा जोड दिने निर्णय गरेका छन्।
समितिको उपाध्यक्षमा वलराम ढुगाना, सचिवमा विचित्रनाथ ढुगाना, कोषाध्यक्षमा सुर्यकुमारी रानाभाट चयन भएका छन्। अन्य सदस्यहरूमा ठाकुर प्रसाद ढुगाना, सरस्वती रानाभाट, यमुना थापा, सुर्यनाथ भण्डारी, माया बराल, नवराज ढुगाना र गंगा देवकोटा वराल रहेका छन्।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव प्रकाशचन्द्र ढुगानाले जेष्ठ नागरिक अनुभव र जीवनका कथाहरू समाज रुपान्तरणका लागि उपयोगी हुनसक्ने बताए। उहाँले जेष्ठ नागरिकहरूको सुझाव र अनुभवलाई समाजको हितमा प्रयोग गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा लोकसांस्कृतिक संरक्षण समितिका अध्यक्ष जगननाथ तिमिल्सेना, जल्धारे जेष्ठ नागरिक दिवा सेवा केन्द्रका अध्यक्ष मनोहरी ढुगाना, स्थानीय समाजसेवी बामदेव ढुगाना र कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष सन्तोष तिमिल्सेनाले आ–आफ्नो धारणा राखेका थिए।
तालवेसी जेष्ठ नागरिक सेवा केन्द्रका उपाध्यक्ष बलराम ढुगानाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन सचिव विचित्रनाथ ढुगानाले गरेका थिए।
