पोखरा । कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदले आफनो नवौं स्थापना दिवसको अवसर पारेर जेष्ठ नागरिक सेवा केन्द्रलाई सहयोग गरेको छ ।
रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपालीहरुको साझा सस्था कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदले सामाजिक उत्तरदाईत्वलाई आत्मसाथ गर्दै स्थापना दिवसको अवसर पारेर पोखरा २६ मा रहेको तालवेसी जेष्ठ नागरिक सेवा केन्द्रलाई दुई लाख २५ हजार पाँच सय ५५ सहयोग गरेको हो ।
कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद वरिष्ठ उपाध्यक्ष विशाल ढुगाना र सल्लाहकार केदारनाथ ढुगानाको पहलमा नेपाली दाजुभाईहरुसँग विदेशमा संकलन गरेको पैसालाई एक कार्यक्रमका विच जेष्ठ नागरिक सेवा केन्द्रलाई प्रदान गरिएको हो ।
सस्थाले जहाँ जे आवस्यकता छ त्यहाँ तेही सहयोग गर्रौ भन्ने सेवा भावले शौक्षीक सस्था,मठ मन्दिर र जेष्ठ नागरिकहरुको दिवा सेवा केन्द्र संचालनका क्षेत्रमा सहयोग गर्दै आएको छ । यसैक्रममा कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद नेपाल च्याप्टरका अध्यक्ष विश्व बन्धु थापाले तालवेसी जेष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष बद्रिनाथ ढुगानालाई उक्त रकमको चेक हस्तान्त्रण गरेका हुन् ।
कार्यक्रममा गण्डकी प्रदेशका उप सचिव प्रकाशचन्द्र ढुगानाले विदेशका रहेका नेपालीले आफनो जन्मभुमीलाई सम्झेर गरेको सहयोग उदाहरणी कार्य भएको धारणा राखेका थिए । यसैगरि सोही अवसरमा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारले विदेशमा जानु रहर नभई बाध्यता भएकाले अवका दिनमा स्वदेशमा नै केही गर्ने वातावरण सृजित गर्नका लागि सवैको साझा प्रयास हुनु पर्नेमा जोड दिएकी थिईन ।
आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद नेपाल च्याप्टरका अध्यक्ष विश्व बन्धु थापाको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार प्रकाशलाल श्रेष्ठ,लेखनाथ खानेपानी उपभोत्ता समितिका अध्यक्ष मुरारी शर्मा,लोक दोहोरी गायक चौलेन्द्र पौडेल,शिवहरि ढुगाना,स्थानिय समाजसेवी सुर्य भण्डारी,महिला उद्येमी महासंघ गण्डकी प्रदेशका अध्यक्ष पार्वती पौडेल रेग्मी, सस्थाका संरक्षक तिलकशालि सापकोटा लगाएतले विदेशमा गएका नेपालीले नेपालमा पैसा मात्र होईन विदेशी सिप र प्रविधीलाई पनि नेपालमा भित्राउन सहयोगीको भुमिका निभाउनु पर्ने सुझाव राखेका थिए ।
सस्थाका कोषाध्यक्ष विकास अधिकारीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सन्तोष तिमिल्सेनाले गरेका थिए ।
