सुचना१

पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ

देविकला अधिकारीमाथि भएको घटना, प्रहरीले बरामद गर्यो खेलौना पेस्तोल र मोटरसाइकल

पोखरा। पोखरामा एक युवकले नक्कली पेस्तोल देखाएर महिला लुटपाट गर्ने प्रयास गरेको प्रहरी पुष्टि गरेको छ। असोज २७ गते राति करिब ९ बजे पोखरा महानगरपालिका–१२, शितलादेवी बस्ने देविकला अधिकारीमाथि उक्त घटना भएको हो।

कास्की जिल्ला प्रहरी कार्यालयका अनुसार, घटना भएको सूचना पाएपछि वडा प्रहरी कार्यालय रामबजारबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। अनुसन्धानको क्रममा प्रहरीले पर्वतको मोदी गाउँपालिका–१ निवासी र हाल पोखरा–२०, भलाममा बसोबास गर्ने २४ वर्षीय सुजन विकलाई पक्राउ गरेको छ।

पक्राउ परेका युवकको साथबाट एक थान खेलौना नक्कली पेस्तोल र उनले प्रयोग गरेको ग १३ प ९८३२ नम्बरको मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ। प्रहरीले नागरिकहरूलाई शंका लाग्ने व्यक्तिहरूबाट सतर्क रहन र आफ्नो सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ।

वडा नं २६
Sadak 1
पुल सेन्टर