newa srijana

पोखरामा खुल्यो लिपमोटर–सिट्रोनको आधुनिक शोरुम, लिपमोटर बि१० सार्वजनिक

शिवचोकमा मल्टिब्राण्ड शोरुमबाट बिक्री, सेवा र स्पेयर सुविधासहित ग्राहकलाई प्रिमियम अनुभव दिने लक्ष्य

पोखरा । पोखराको शिवचोकमा लिपमोटर र सिट्रोनका लागि अत्याधुनिक शोरुम उद्घाटन गरिएको छ। शुक्रबार आयोजित समारोहमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की र होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले संयुक्त रूपमा शोरुमको उद्घाटन गर्नुभयो।

पोखरा क्षेत्रका लागि लिपमोटर र सिट्रोनका आधिकारिक बिक्रेता एस.एस.एल मोटर्स कम्पनी प्रा. लि.ले स्थापना गरेको मल्टिब्राण्ड शोरुमले सेल्स, सर्भिस र स्पेयर्स (थ्रिएस) सेवा एकै ठाउँमा उपलब्ध गराउनेछ। उद्घाटनकै अवसरमा कम्पनीले लिपमोटरको नयाँ मोडल बि१० विद्युतीय गाडी पनि सार्वजनिक गरेको छ।

समारोहमा पोखरा क्षेत्रका उद्योगी, व्यवसायी, सञ्चारकर्मी तथा ग्राहकको उपस्थिति रहेको थियो। शोरुम उद्घाटनसँगै पोखरामा अटोमोबाइल क्षेत्रमा नयाँ आयाम थपिने विश्वास गरिएको छ। कम्पनीले यस शोरुममार्फत प्रिमियम र ग्राहक–केन्द्रित अटोमोटिभ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।

Mountain run pokhara click
सिटीजन फनिच्रर

शोरुममा पुगेका ग्राहकले नयाँ मोडलका परीक्षण ड्राइभ गर्न, विशेषज्ञसँग परामर्श लिन र दुवै ब्रान्डका नवीनतम गाडीहरूको प्रत्यक्ष जानकारी लिन सक्नेछन्।

लिपमोटर बि१० स्मार्ट, सुरक्षित र आकर्षक डिजाइनमा उपलब्ध छ। नेपालमा यो गाडी ‘लाइफ’ र ‘डिजाइन’ गरी दुई भेरियन्टमा उपलब्ध छ। ‘लाइफ’ भेरियन्टको मूल्य ५५ लाख रुपैयाँ भए पनि कम्पनीले हाल अफर मूल्य ४९ लाख ९९ हजार रुपैयाँ कायम गरेको छ। ‘डिजाइन’ भेरियन्टको मूल्य ६० लाख रुपैयाँ भए पनि अफर मूल्य ५६ लाख ९९ हजार रुपैयाँ मात्र राखिएको छ। कम्पनीले अफर मूल्यका कारण ग्राहकलाई अधिक लाभ पुग्ने विश्वास व्यक्त गरेको छ।

एस.एस.एल मोटर्स प्रालिका सञ्चालक गोपाल बरालले भने, “पोखरामा नयाँ शोरुम र नयाँ लिपमोटर बि१० सार्वजनिक गर्न पाउँदा हामी गौरवान्वित छौं। अटोमोबाइल क्षेत्रमा लामो अनुभवको आधारमा ग्राहकको विश्वास जित्न सक्नु नै हाम्रो सफलता हो।”

नयाँ लिपमोटर बि१०का विशेषताहरूमा लेन असिस्ट, इमर्जेन्सी ब्रेकिङ, ३६०° क्यामेरा सहितको उन्नत ADAS सुरक्षा प्रणाली, ६७.१ kWh LFP ब्याट्री, CLTC प्रमाणित ६०० किमी यात्रा क्षमता, १६० kW मोटर, स्मूथ र रेस्पोन्सिभ प्रदर्शनका लागि AI-सञ्चालित स्मार्ट ककपिट र OTA अपडेट सुविधा समावेश छन्।

 

Rabin photo