newa srijana

आज कुकुर तिहार मनाइँदै, निष्ठा र सुरक्षाका प्रतीक कुकुरलाई टिका–माला र परिकारसहित पूजा

पोखरा । तिहारको तेस्रो दिन आज देशभर कुकुर तिहार मनाइँदै छ। आजको दिन कुकुरलाई फूलमाला र टिका लगाएर पूजा गरिन्छ, र तिनीहरूलाई मिठा खानेकुरा दिइन्छ।कुकुर तिहार यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन पर्छ तर यस वर्ष तिथिको घटबढका कारण यो तिहारको तेस्रो दिन मनाइँदै छ।

धार्मिक मान्यताअनुसार, कुकुर तिहार मनाउने परम्परा यमराजका द्वारपाल श्याम र सबल नामका दुई कुकुरसँग जोडिएको छ। विश्वास छ। कुकुरलाई सम्मान र पूजा गर्ने व्यक्तिलाई मृत्यु पश्चात् यमराजको द्वारमा कुनै बाधा नपर्छ।

World link net

कुकुरलाई नेपाली समाजमा आज्ञापालक, सुरक्षामा भरपर्दो र माया–निष्ठाको प्रतीक जनावरका रूपमा लिइन्छ। ग्रामीण बस्तीदेखि शहरसम्म आजका दिन कुकुरहरूलाई टिका–माला लगाइँदै मीठा परिकार खुवाउने चलन छ।

यससँगै आज नरक चतुर्दशी पनि परेको छ। बिहानै अरूणोदयकालमा स्नान गरी तर्पण र दीपदान गर्ने धार्मिक चलन रहँदै आएको छ। विश्वास गरिन्छ।आजको दिन स्नान र यमदीप दक्षिण फर्काएर बाली बगाउँदा मृत्युपश्चात् नरकको दर्शन गर्नु पर्दैन।

सिटीजन फनिच्रर