पोखरा। पोखरा महानगरपालिका–५ चिल्ड्रेन पार्क नजिक शनिबार बिहान एक पुरुषको मृत्यु भएपछि प्रहरीले हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ।
पोखरा ५ चिल्ड्रेन पार्क नजिक ४५ वर्षीय अनिल पराजुलीको चक्कु प्रहर िगरेर हत्या भएको हो । उनलाई तत्कालै उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा पठाइएको थियो तर बिहान ३ः४० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरीले घटनाको अनुसन्धान गर्दा पराजुली र २४ वर्षीय किशोर तिमिल्सिना बीच सामान्य वादविवादका पछि घर फर्किदै गर्दा तिमिल्सिनाले चक्कु प्रहार गरेको प्रहरीले जानकारी दिएको छ । पोखरा २४ सराङकोट घर भई हाल मालेपाटन बस्ने तिमिल्सिनालाई घटनामा प्रयोग गरिएको एउटा चक्कुसहित पक्राउ गरिएको छ।
प्रहरीले उनलाई कर्तव्य ज्यान सम्बन्धी मुद्दामा आवश्यक थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ।






