newa srijana

गर्भवती महिलाको मृत्युपछि किस्ट अस्पतालमा सुरक्षा कडा

आक्रोशित परिवारको विरोधपछि प्रहरी परिचालन, अस्पतालले अहिलेसम्म प्रतिक्रिया दिएका छैनन्

पोखरा । ललितपुरस्थित किस्ट अस्पतालमा उपचारका क्रममा एक गर्भवती महिलाको मृत्यु भएपछि अस्पताल परिसरमा तनाव उत्पन्न भएको छ।

शनिबार मृत्यु भएपछि आइतबारदेखि मृतकका आफन्तले विरोध प्रदर्शन गर्दै आएका छन्। सोमबार पनि प्रदर्शन जारी रहँदा प्रहरीले अस्पताल परिसर र वरिपरि बाक्लो सुरक्षा घेरा कायम गरेको छ।

सिटीजन फनिच्रर

प्रहरीका अनुसार स्थिति नियन्त्रणमा राख्न अतिरिक्त बल परिचालन गरिएको छ। आइतबार प्रदर्शनका क्रममा अस्पतालमा तोडफोड प्रयास भएपछि केही समय भिड नियन्त्रण गर्न बल प्रयोग गरिएको थियो।

Mountain run pokhara click

परिवारजनले अस्पतालको लापरबाहीका कारण ज्यान गएको आरोप लगाएका छन्। उनीहरूले अस्पताल प्रशासनले संवादका लागि कुनै पहल नगरेको गुनासो गरेका छन्।

घटनापछि अस्पताल परिसरमा सर्वसाधारणको आवतजावतमा पनि नियन्त्रण गरिएको छ। अस्पताल पक्षले भने यसबारे आधिकारिक प्रतिक्रिया दिएको छैन।

Rabin photo