newa srijana

वर्षा र हिमपातका कारण म्याग्दीको अन्नपूर्ण आधारशिविर पदयात्रामा रोक

पोखरा । लगातार वर्षा र हिमपातका कारण म्याग्दी तर्फको अन्नपूर्ण आधारशिविर पदयात्रामा पूर्ण रूपमा रोक लगाइएको छ। स्थानीय प्रशासन र उद्धार टोलीले सुरक्षित मार्ग सुनिश्चित नगरी पर्यटकहरूलाई अघि बढ्न रोक लगाएको हो।

उक्त क्षेत्रमा रहेका पर्यटकहरूको सहजता र सुरक्षाको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, र स्थानीय उद्धारकर्मी ईन्द्र शेरचन थकालीको टोली अन्नपुर्ण गाउँपालिकासँग समन्वय गर्दै उद्धार कार्यमा सक्रिय भएको छ। टोलीले सुरक्षित मार्गतर्फ मार्गदर्शन गर्दै पर्यटकलाई आवश्यक सहयोग प्रदान गरिरहेको बताइएको छ।

World link net

परीस्थितिसम्बन्धी तत्काल जानकारी र सहयोगका लागि प्रहरी कन्ट्रोल नम्बर १००, नजिकको प्रहरी चौकी वा अन्नपुर्ण गाउँपालिकाका जनप्रतिनिधिहरूसँग सम्पर्क गर्न सकिने छ।

अन्नपुर्ण गाउँपालिका अध्यक्ष: ९८५७६२७८२४
अन्नपुर्ण वडा नं. ४ अध्यक्ष: ९८६७६३९९५९
स्थानीय उद्धारकर्मी ईन्द्र शेरचन: ९८५७६४०२४६

स्थानीय प्रशासनले मौसम सफा नभएसम्म पदयात्रा नगर्न र सुरक्षित मार्ग अपनाएर मात्रै अगाडि बढ्न सबै पर्यटकलाई अनुरोध गरेको छ।

सिटीजन फनिच्रर