पोखरा । नेपाली बजारमा सुनको मूल्य लगातार घट्दै गएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले घटेर २ लाख ३७ हजार रुपैयाँ पुगेको छ। सोमबार यो मूल्य २ लाख ३९ हजार ९०० रुपैयाँ थियो।
महासंघले जनाएअनुसार १० ग्राम सुनको मूल्य २ लाख ३ हजार १९० रुपैयाँ र चाँदीको मूल्य २ हजार ९२० रुपैयाँ कायम भएको छ। सोमबार चाँदीको मूल्य २ हजार ९८० रुपैयाँ थियो।
कात्तिक ३ गते सुनको मूल्य सर्वाधिक २ लाख ५३ हजार ५०० रुपैयाँ पुगेको थियो। बजार विश्लेषकहरूले चाडपर्व सकिएपछि माग घट्न थालेको र त्यसले मूल्यमा असर गरेको बताएका छन्।
अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔँस ४ हजार ७५ अमेरिकी डलर आसपासमा स्थिर रहेको छ।






