newa srijana

पोखरा वडा २७ को सामाजिक बीमाले विपन्न परिवारलाई ल्यायो राहत

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २७ ले गत आर्थिक वर्षमा न्यून आय भएका ३१७ परिवारका नाममा जीवन बीमा गराएको थियो।

‘रिभर्टी माइक्रो लाइफ’ सँगको सहकार्यमा वार्षिक एक लाख प्रिमियम तिरेर सुरु गरिएको यो कार्यक्रमले छोटो समयमै चार परिवारलाई मृत्यु दाबी भुक्तानीको राहत पुर्‍याएको छ।

World link net

वडाध्यक्ष पूर्ण कुमार गुरुङका अनुसार बीमाको एक वर्षभित्रै चार जनाको मृत्यु भएपछि तिनका आश्रितले रकम पाए। ५० वर्षमुनिका दुई परिवारलाई एक–एक लाख र ५० वर्षमाथिका दुई परिवारलाई ५०–५० हजार रुपैयाँ भुक्तानी गरियो।

पछिल्लो घटनामा तीनतले बस्ने केशवबहादुर रेश्मी मगरको एक महिनाअघि मृत्यु भएको थियो। उनकी श्रीमती टिका रेश्मी मगरलाई ५० हजारको चेक वडाध्यक्ष गुरुङ र कम्पनीका प्रबन्ध निर्देशक शिवप्रसाद पौडेलले संयुक्त रूपमा हस्तान्तरण गरे। टिकाले यो रकमले परिवारको दैनिक खर्चमा सहयोग पुग्ने बताइन्।

सिटीजन फनिच्रर