सुचना१
newa srijana

राधाकृष्ण वृद्धाश्रमले सहयोगी दाता क्रिस्टोफर र सिड फाउन्डेसनलाई सम्मान

पोखरा । पोखरा महानगरपालिका वडा नम्वर ३२ मा रहेको राधाकृष्ण बृद्धाश्रमले आश्रमलाई सहयोग गर्ने सहयोगी दाताँहरुलाई सन्मान गरेको छ ।

आश्रम स्थापना काल देखि जेष्ठ नागरिकका लागि आवस्यक पर्ने भौतीक संरचना देखि आर्थीक रुपमा सहयोग पु¥याउदै आउनु भएका विदेश नागरिक क्रिस्ट्रफर स्वीफर र सहयोगी सस्था सिड फाउण्डेसन कास्कीलाई एक कार्यक्रममा विच सन्मान गरेको हो ।

आश्रममा रहेका बृद्ध बृदाको पालन पोशणमा सहयोग पुग्ने गरि सिड फाउण्डेसन मार्फत किस्ट्रफरले गरेको सहयोगको उच्च कदर गर्दै आश्रमको तर्फबाट सन्मान गरिएको हो ।

राधाकृष्ण बृद्धाश्रमका अध्यक्ष विश्वराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा विदेशी सहयोगी दाताँ क्रिस्ट्रफर स्वीफरले मानिस जन्मीए पछि उमेर घर्कदै जाँदा बृद्ध हुने भएकाले उनिहरुको आवस्यकता अनुरुप छोरा छोरीले सेवा गर्न नसक्दा बृद्धाआश्रममा जाने प्रचलन नेपालमा मात्र नभई विदेशमा पनि भएकाले जेष्ठ नागरिकको सेवा गरेर उनिहरुको ईच्छा पुरा गर्न सक्यो भने सवै भन्दा ठुलो पुण्य मिल्ने विचार राखेका थिए ।

कार्यक्रममा सिड फाउण्डेसन कास्कीका नवनिर्वाचित अध्यक्ष मदन थापाले जेष्ठ नागरिकको हकमा विगत देखि अहिलेसम्म सहयोग गर्दै आएको र आगामी दिनमा पनि अन्य सहयोगी दाताहरुको खोजी गरि बृद्ध बृद्धाको लागी आवस्यक पर्ने खाद्यान्न देखि औषधी उपचारमा पनि सहयोग गर्दै जाने विश्वास दिलाएका थिए ।

सस्थापक अध्यक्ष प्रेम लिगलले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रथम उपाध्यक्ष सोभामोहन पौडेल,द्धितिय उपाध्यक्ष सन वहादुर गुरुङ, उप महासचिव सञ्जिव कुमार ढेवाजु र शान्ति आश्रमका सह अध्यक्ष गणेश वहादुर खत्री लगाएतले आ आफनो धारणा राखेका थिए ।

अन्नपूर्ण गाउँपालिका कास्की
Sadak 1
रूपा गाउँपालिका कास्की