सुचना१
newa srijana

स्याङ्जामा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ६५ दिनपछि पक्राउ

पोखरा । स्याङ्जामा भएको कर्तव्य ज्यान मुद्दामा संलग्न भनिएका फरार प्रतिवादीलाई प्रहरीले दुई महिनाभन्दा बढी समयपछि पक्राउ गरेको छ।

१९ वर्षीय पर्बत खवासलाई ६५ दिनपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। उनी स्याङ्जाको चापाकोट नगरपालिका–५  काम्तीका बासिन्दा हुन्।

गत ७ साउनमा जर्कोटमा मोटरसाइकलको आवाजका विषयमा भएको विवाद हिंसात्मक बनेको थियो। सो क्रममा ३२ वर्षीय ढालबहादुर थापामाथि कुटपिट भएको र उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीका अनुसार खवास चापाकोट नगरपालिका–५ काम्तीस्थित घरमै लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन्। उनलाई जिल्ला अदालत स्याङ्जामा पेस गरिएको थियो। अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको र उनलाई जिल्ला कारागार स्याङ्जा पठाइएको प्रहरीले जनाएको छ।

सो घटनामा संलग्न अन्य सात जना प्रतिवादीलाई यसअघि नै अनुसन्धानपछि कारागार चलान गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरीका अनुसार घटनाको थप अनुसन्धान जारी छ र न्यायिक प्रक्रिया अघि बढाइँदैछ।

अन्नपूर्ण गाउँपालिका कास्की
Sadak 1
रूपा गाउँपालिका कास्की