सुचना१
newa srijana

पोखरामा लागूऔषधसहित दुई जना पक्राउ

पोखरा । पोखरा महानगरपालिकामा लागूऔषधको अवैध कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा–१२ निवासी २२ वर्षीय राहुल घले र वडा–१८ निवासी ३१ वर्षीय सुदिप विश्वकर्मा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतका अनुसार छोरेपाटन क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको गोप्य सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोली खटिएको थियो ।

उनीहरूको साथबाट डायजापामका १४९ एम्पुल, फेनार्गनका १४७ एम्पुल र नर्फिनका १४७ एम्पुल गरी कुल ४४३ एम्पुल लागूऔषध फेला परेको छ । साथै दुई थान मोबाइल फोन पनि बरामद गरिएको छ ।

प्रहरीले पक्राउ परेकालाई लागूऔषधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ।

अन्नपूर्ण गाउँपालिका कास्की
Sadak 1
रूपा गाउँपालिका कास्की