सुचना१
newa srijana

बेमौसमी वर्षाले पोखरामा पाक्न लागेको धानबालीमा क्षति

पोखरा । बेमौसमी वर्षाले पोखराका किसानको पाक्न लागेको धानबालीमा क्षति पु¥याएको छ ।

पोखरामा एक सातादेखि भइरहेको वर्षाले घर भित्राउन तयार भएको धानबालीमा क्षति पुर्‍याएको छ। पोखराको विरौटा फाँट, फेवा फाँट, कुडहर फाँट, शिशुवा फाँट, मालमुल फाँट र सातमुहाने क्षेत्रमा धान खेती गर्ने गरिन्छ। किसानका खेतमा ‘जेठो बुढो’ धान घर भित्राउनका लागि तयार भएको छ। तर निरन्तर वर्षा हुँदा किसानले धान भित्राउन पाएका छैनन्।

मेलापाता गर्दाको खर्च, मलको खर्च, सबै दुःख गरेर फलाएको धान अहिले यो बेमौसमी पानी र हावाले ढल्काएर सत्यनाश गरिदियो। फलेका बाला सबै ढलेर केही गर्न सकिँदैन बिरौटा फाँटका किसान ऋषिराम शर्माले भने।

वर्षाले ढलाएको पाक्दै गरेको धानबाली

महानगरभित्र ११ हजार २ सय बढी हेक्टरमा धान खेती गरिएको छ । जसमा उन्नत स्थानीय धान र ‘जेठो बुढो’ लगाइएको थियो । उन्नत स्थानीय धान उठाइसकेको र जेठो बुढो धान खेतमै रहेको पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताए । उनले फल हाल्न लागेको र पाकेको जेठो बुढोलाई वर्षाले असर गरेको कडरियाले उल्लेख गरे । कडरियाका अनुसार ४० प्रतिशतमा जेठो बुढो धान रोपिएको थियो ।

पोखरामा गत वर्ष ३८ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष बढ्ने अनुमान गरिए पनि बेमौसमी वर्षाका कारण उत्पादनमा असर गर्ने देखिएको आर्थिक महाशाखा प्रमुख कडरियाले बताए । लामो समय पानी पर्ने र घाममा सुकाउन नपाउने अवस्थामा गुणस्तर घट्ने र मूल्यमा पनि ह्रास उनको भनाइ छ ।

अन्नपूर्ण गाउँपालिका कास्की
Sadak 1
रूपा गाउँपालिका कास्की