सुचना१
newa srijana

पोखरा हेम्जामा जुवातास खेलिरहेका ७ जना पक्राउ

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२४ हेम्जामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सातजनालाई पक्राउ गरेको छ। उनीहरूसँगै ७३ हजार दुई सय पाँच रुपैयाँ नगद चार बुक तास र अन्य जुवासँग सम्बन्धित सामग्री बरामद भएको छ।

सिटीजन फनिच्रर

जिल्ला प्रहरी कार्यालय कास्कीअन्तर्गत वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले शुक्रबार दिउँसो उक्त स्थानमा छापा मारेको थियो। गोप्य सूचनाका आधारमा पुगेको प्रहरी टोलीले खेलाडी र खेलाउने दुवैलाई रंगेहात पक्राउ गरेको हो।

प्रहरी नायब उपरीक्षक हरीबहादुर बस्नेतका अनुसार पक्राउ पर्नेहरूको पहिचान खुलाइएको छैन। उनीहरूमाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूरमा मुद्दा चलाइएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले सात दिनको म्याद थप गर्दै अनुसन्धान अघि बढाएको छ।

Tiger cup
वडा नं २६