newa srijana

स्याङ्जामा अवैध खैनी बरामद : ट्रकबाट १३ कार्टुन सूर्तिजन्य पदार्थ फेला

पोखरा । सिद्धार्थ राजमार्गमा प्रहरीले अवैध रूपमा ओसारपसार भइरहेको ठूलो परिमाणको खैनी बरामद गरेको छ। गल्याङ नगरपालिका–१ स्थित राम्दीमा अस्थायी प्रहरी चौकीबाट खटिएको टोलीले सवारी साधन जाँच गर्ने क्रममा बुटवलबाट बाग्लुङतर्फ जाँदै गरेको ट्रकलाई रोकेर यो कारबाही गरेको हो।

World link net

ट्रक नम्बर ग १ क ५३८६ को जाँच गर्दा भित्र लुकाइछिपाइ राखिएको १३ कार्टुन खैनी फेला परेको छ। ती कार्टुनमा कुल ६ हजार ४८० पिस ‘बिजली स्प्रिट टोब्याको’ ब्रान्डको खैनी रहेको थियो जसको अन्दाजी मूल्य २ लाख ७३ हजार रुपैयाँ अनुमान गरिएको छ।

बरामद सामानलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि भोलि भैरहवा भन्सार कार्यालय वेलहिया रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए।

सिटीजन फनिच्रर