सुचना१
newa srijana

स्याङ्जामा अवैध ढुंगाखानीमा संलग्न दुई ट्याक्टर नियन्त्रणमा

पोखरा । भीरकोट नगरपालिका–७ बलमाटा क्षेत्रमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्दै गरेका दुई ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। ग १ त ५०३९ र ग १ त ६२६३ नम्बरका ट्याक्टर ढुंगा लोड गरिरहेको अवस्थामा फेला परेका हुन्।

Pokhara महोत्सव

प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा खटिएको टोलीले सवारी साधन नियन्त्रणमा लिएर भीरकोट नगरपालिकामा बुझाएको छ। नगरपालिकाले दुवै ट्याक्टरलाई जनही १० हजार रुपैयाँ जरिवाना तोकेको छ।

प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले अवैध उत्खनन नियन्त्रण र स्थानीय नियमको पालना सुनिश्चित गर्न कारबाही गरिएको बताए। पछिल्लो समय भीरकोट क्षेत्रमा नदीजन्य पदार्थको दोहन बढ्दै गएपछि प्रहरी र स्थानीय तहले निगरानी कडा पारेका छन्।

 

पुल सेन्टर
वडा नं २६