पोखरा । कास्की प्रहरीले विभिन्न स्थान र मितिबाट चोरी भएका स्कुटर र मोटरसाइकलसहित पाँच जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार इलाका प्रहरी कार्यालय शिशुवा र वडा प्रहरी कार्यालय रामबजारका टोलीले सञ्चालन गरेको खोजतलासमा ग ९ प ८७६१, ग १५ प ५२३७ र ग ४ प ७६८४ नम्बरका चोरी भएका स्कुटर फेला पारेको थियो।
पक्राउ पर्नेमा पोखरा ३३ का २१ वर्षीय शेरबहादुर पुन मगर, पोखरा ५ का २५ वर्षीय अजय नेपाली, पोखरा १० का २१ वर्षीय सुशील गुरुङ, पोखरा ११ का २० वर्षीय सुदीप परियार, र पोखरा १३ का २७ वर्षीय रोशन परियार रहेका छन्।
जिल्ला प्रहरीका अनुसन्धान जारी रहेको र उनीहरूको चोरीमा संलग्न अन्य घटनासँग सम्बन्ध रहेको छ कि छैन भन्ने विषयमा पनि छानबिन भइरहेको जानकारी दिएका छन्।





