सुचना१
newa srijana

ट्राफिक प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने व्यक्ति पक्राउ

पोखरा । कास्की जिल्ला ट्राफिक प्रहरी कार्यालयको परिसरबाटै मोटरसाइकल चोरी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१७ दोबिल्ला बस्ने २४ वर्षीय सुवास तामाङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार गत भदौ २४ गते भएको आन्दोलन, तोडफोड र आगजनीका क्रममा कार्यालयमा राखिएका सवारीसाधनमध्ये एक मोटरसाइकल चोरी भएको थियो। सोही सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले तामाङलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो।

चोरी भएको मोटरसाइकल ग १६ प १४५५ नम्बरको कालो रङको एक्स प्लस २०० मोडलको हो। यसको इन्जिन नम्बर एमसि २० एइकेजीके ००३९३ र चेसिस नम्बर एमबिएलएलडियु (एल)केसिपी ००२७४ रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार तामाङलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको छ।

Sadak 1
पुल सेन्टर