सुचना१
newa srijana

४७ वर्षअघिको चोरी, ६८ वर्षको उमेरमा कारागार

पोखरा । स्याङ्जामा ४७ वर्षअघिको चोरी मुद्दामा फरार रहेका दुई वृद्धलाई प्रहरीले पक्राउ गरेको छ। २१ वर्षको उमेरमा सुनका गहना र रेडियो चोरी गरेको अभियोगमा दोषी ठहर भएका ती दुईजना अहिले ६८ वर्ष पुगेका छन्।

प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीका अनुसार २०३५ साल वैशाख १५ गते गल्याङ नगरपालिका–७ कल्लेरीका दिलबहादुर रानामगरको घरमा चोरी भएको थियो। घटनाको झन्डै एक दशकपछि २०४५ मंसिर १६ गते स्याङ्जा जिल्ला अदालतले गिरीप्रसाद गुरुङ र लालबहादुर रानालाई दोषी ठहर गर्दै सजाय सुनाएको थियो।

अदालतले गिरीप्रसादलाई एक महिना १५ दिन कैद र ४५०० रुपैयाँ जरिवाना तोकेको थियो तर फैसला सुनिँदा उनीहरू अदालतमा उपस्थित भएनन् । प्रहरीका अनुसार त्यसपछि उनीहरू गाउँमै लुकिछिपी बस्दै आएका थिए।

लामो समयको खोजीपछि वडा प्रहरी कार्यालय वालिङको विशेष टोलीले लालबहादुर रानालाई कात्तिक १७ गते र गिरीप्रसाद गुरुङलाई कात्तिक २० गते पक्राउ गरेको हो। गिरीप्रसाद वालिङ नगरपालिका–१२ घुरुङ्खाका बासिन्दा हुन्।

दुवैलाई अदालतमा पेश गरिएको र बाँकी कैद अवधि तथा जरिवाना तिर्नका लागि जिल्ला कारागार स्याङ्जा चलान गरिएको प्रहरीले जनाएको छ।

Sadak 1
पुल सेन्टर