newa srijana

दोस्रो महिला फुटसल च्याम्पियनसिप बिहीबारदेखि, २४ टिमको सहभागिता

पोखरा । देशको विषम परिस्थितिका कारण स्थगित दोस्रो महिला फुटसल च्याम्पियनसिपको नयाँ मिति तय भएको छ। एलिसन स्पोर्ट्स प्रा.लि.को आयोजनामा हुने प्रतियोगिता बिहीबारदेखि काठमाडौंको रोयल नेपाल फुटसल मैदानमा सुरु हुँदैछ।

बिहान ८:३० बजेबाट सुरु हुने खेल लिग–कम–नकआउट आधारमा खेलाइने आयोजक संस्थाका अध्यक्ष सगुन थापा मगरले बताए। प्रतियोगितामा देशभरका २४ महिला टिम सहभागी हुनेछन्। पहिलो संस्करणमा २० टिम सहभागी भएका थिए।

सिटीजन फनिच्रर

आयोजकले मंगलबार टाइसिट सार्वजनिक गरेको छ। प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। उत्कृष्ट गोलकिपर र उत्कृष्ट खेलाडीलाई जनही २५ सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने पनि आयोजकले जनाएको छ।

Mountain run pokhara click

थापा मगरका अनुसार प्रतियोगिताको उद्देश्य नयाँ महिला फुटसल खेलाडीलाई प्रोत्साहित गर्नु र राष्ट्रिय स्तरसम्म पुग्न मार्ग प्रशस्त गर्नु हो। ‘सी विन्स’ (She Wins) भन्ने थिमसहित आयोजना गरिएको यो प्रतियोगिताले महिलालाई फुटसलमा सहभागिता र समर्थन बढाउन भूमिका खेल्ने अपेक्षा राखिएको छ।

 

Rabin photo