newa srijana

पोखराका दुई विद्यालयमा परिवार नियोजनको सचेतना अभियान सञ्चालन

पोखरा । नेपाल परिवार नियोजन संघ कास्की शाखाले संचालन गरेको यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान जारी रहेको छ ।

पछिल्लो समय पोखरा महानगरपालिका वडा नं १९ को भारती भवन मा.वि र पोखरा महानगरपालिका वडा नं १६ को इन्द्रराज्य लक्ष्मी मा.विमा अभियान संचालन गरिएको छ ।

अभियानमा कक्षा ११ र १२ का किशोर किशोरी र युवाहरु सहभागि गराइएको नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले जानकारी दिनुभयो । अभियान २४ वटा विद्यालय तथा कलेजसम्म लगिनेछ ।

Mountain run pokhara click
सिटीजन फनिच्रर

भारती भवनमा मा.विमा आयोजित कार्यक्रम शुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नं १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले यस्ता अभियानले समाजलाई समेत योगदान दिने उल्लेख गर्नुभयो ।

कार्यक्रममा इन्द्रराज्य लक्ष्मी मा.विका प्रधानाध्यापक केशव प्रसाद अम्गाई र भारती भवन मा.विका प्रधानाध्यापक नेत्र बहादुर आलेले बोल्नुभएको थियो ।

कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका कोषाध्यक्ष विष्णु प्रसाद दाहाल, बरिष्ठ शाखा प्रवन्धक नब राज तिवारी र कर्मचारी सुरज चौधरीले सहजिकरण गर्नुभएको थियो ।

नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देललको अध्यक्षतामा भएको कार्यक्रम बरिष्ठ शाखा प्रवन्धक नब राज तिवारीले संचालन गर्नुभएको थियो ।

Rabin photo