पोखरा । नेपाल परिवार नियोजन संघ कास्की शाखाले संचालन गरेको यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान जारी रहेको छ ।
पछिल्लो समय पोखरा महानगरपालिका वडा नं १९ को भारती भवन मा.वि र पोखरा महानगरपालिका वडा नं १६ को इन्द्रराज्य लक्ष्मी मा.विमा अभियान संचालन गरिएको छ ।
अभियानमा कक्षा ११ र १२ का किशोर किशोरी र युवाहरु सहभागि गराइएको नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले जानकारी दिनुभयो । अभियान २४ वटा विद्यालय तथा कलेजसम्म लगिनेछ ।
भारती भवनमा मा.विमा आयोजित कार्यक्रम शुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नं १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले यस्ता अभियानले समाजलाई समेत योगदान दिने उल्लेख गर्नुभयो ।
कार्यक्रममा इन्द्रराज्य लक्ष्मी मा.विका प्रधानाध्यापक केशव प्रसाद अम्गाई र भारती भवन मा.विका प्रधानाध्यापक नेत्र बहादुर आलेले बोल्नुभएको थियो ।
कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका कोषाध्यक्ष विष्णु प्रसाद दाहाल, बरिष्ठ शाखा प्रवन्धक नब राज तिवारी र कर्मचारी सुरज चौधरीले सहजिकरण गर्नुभएको थियो ।
नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देललको अध्यक्षतामा भएको कार्यक्रम बरिष्ठ शाखा प्रवन्धक नब राज तिवारीले संचालन गर्नुभएको थियो ।





