सुचना१
newa srijana

कास्की मोर्डनाइज्ड एकेडेमीमा दुईदिने विद्यार्थी प्रतिभा महोत्सव सुरु

पोखरा। कास्की मोर्डनाइज्ड एकेडेमी सेकेण्डरी स्कूलमा शुक्रबारदेखि ‘कास्की मोर्डनाइज्ड महोत्सव–२०८२’ शुरु भएको छ ।

‘शैक्षिक क्षेत्रमा देखिएको आफ्नै पहिचान, हाम्रा विद्यार्थीको चौतर्फी क्षमता विकासमा हाम्रो अभियान’ भन्ने मुल नाराका साथ आयोजित महोत्सव शनिबार (भोलि) सम्म चल्ने छ ।

कला, साहित्य, शिक्षा, खेल, सृजना र मनोरञ्जनको संगम स्थलको रुपमा हेरिएको उक्त महोत्सवमा विद्यालयका शिक्षक, विद्यार्थी, पूर्व विद्यार्थी, अभिभावकको जमघटको थलो बनेको छ ।

विद्यार्थीका अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यका साथ विद्यालयले पहिलो पटक महोत्सव आयोजना गरेको हो । महोत्सवमा विद्यालयलका विद्यार्थीले वनाएका विभिन्न किसिमका वस्तु तथा परिकारहरु अभिभावकले किन्ने छन् । जुन वस्तु तथा परिकार विक्री गरेपछि खर्च कटाएर वचेको रकम स्वयम् विद्यार्थीले नै पाँउनेछन् ।

शुक्रबार भएको महोत्सवमा कक्षा नर्सरी देखि २ सम्म र कक्षा ८ देखि १० सम्मका विद्यार्थी पूर्व विद्यार्थी र अभिभावकको सहभागिता रहेको छ भने शनिबार कक्षा ३ देखि ७ सम्म र कक्षा ११, १२ सम्मका विद्यार्थी, अभिभावक र पूर्व विद्यार्थीको सहभागिता रहने छ । महोत्सवमा विद्यालयका विद्यार्थी, पूर्व विद्यार्थी तथा अभिभावकको प्रस्तुति रहेको थियो ।

हरेक वर्ष गरिने अभिभावक दिवसले सवै विधा समेट्न नसक्ने भएर यस वर्ष दुई दिनको महोत्सव नै आयोजना गरिएको विद्यालयका संस्थापक प्रध्यानाध्यापक राम बहादुर मोचीले जानकारी दिए ।

‘कक्षा कोठाको सिकाईबाट मात्र अब्बल भएका विद्यार्थीहरु जिवनमा सफल नभएको धेरै उदाहारण छन्’ उनले भने, ‘कक्षा कोठा भन्दा वाहिरको सिकाइबाट जिवनलाई सफल र सवल बनाउन सक्ने भएकाले यो महोत्सव आयोजना गरेका हौं ।’ विद्यार्थीका प्रतिभा पहिचान गर्नका लागि यो महोत्सव कोशेढु·ा सावित हुने उनको विश्वास रहेको छ ।

‘यो महोत्सवमा विद्यालयका विद्यार्थीले विभिन्न वस्तु तथा परिकार बनाउँछन् जहाँ अभिभावक ग्राहक वनेर ति सामान किन्छन्’ उनले भने, ‘विद्यार्थीलाई पढाईसँगै वास्तविक सत्य र तथ्य वुझाउन पनि यो कार्यक्रम विद्यार्थीका लागि फलदायी हुनेछ ।’ नाम र दाम दुवै कमाउनका लागि विद्यार्थीहरुलाई महोत्सव सिकाई हुने उनले बताए।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले महोत्सवले विद्यार्थीहरुका प्रतिभाको याथर्थ पहिचान गर्ने बताए । ‘ वच्चा जन्मिने वित्तिकै केहि न केहि प्रतिभा लिएर आएको हुुुुन्छ, जसको पहिचान गर्न सक्नु पर्दछ’ उनले भने, ‘यो महोत्सवले तिनै प्रतिभाको पहिचान गरि जिवन बाच्न सिकाउने काम गरेको छ जुन पोखरा महानगरपालिकालाई पनि सिकाई बनेको छ ।

उनले महोत्सवले विद्यार्थीलाई प्लेट फर्म दिएको बताउँदै विद्यालयले सिकाएका सिप र सिकाईलाई अभिभावकले दैनिकीको रुपमा आफ्ना छोरा छोरीलाई प्रेरित गर्न सकेमा मात्र महोत्सवले सार्थकता पाउने बताए । यो महोत्सव रमाईलोको लागि नभई सिकाईको लागि हो भन्ने अभिभावले वुझ्नु पर्ने उनको भनाई थियो ।

एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले विद्यार्थीहरुको चौतर्फी विकास गर्नेकाम यो महोत्सवले गरेको बताए । ‘एन प्याव्सनमा हुने वाल प्रतिभा पहिचान कार्यक्रमको पनि परिकल्पनाकार यसै विद्यालयका संस्थापका प्रध्यानाध्यापक अध्यक्ष राम बहादुर मोची सर हुनुहुन्थ्यो’ उनले भने,‘ एन प्याव्सनको कार्यक्रमको झल्को दिने गरि कार्यक्रम गर्नुभएको छ यो विद्यार्थीका लागि ठूलो अवसर हो ।’

हिसान कास्कीका अध्यक्ष दिवारक जैसीले विद्यार्थीका विविध क्षमताको प्रतिभा प्रस्फुटन गर्न थलो महोत्सव वनेको बताए । रामेश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष अधिवक्ता बोधराज बरालले निजि विद्यालयले गरेका यस्ता कार्यक्रम सामुदायिक विद्यालयलाई सिकाई हुने बताए । महोत्सवमा विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलावको पुरस्कार वितरण समेत गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष राधा नेपालीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा विद्यालयका सहायक प्रध्यानाध्यापक शिवलाल उपाध्याय, शैक्षिक प्रमुख शिवु ढकाल, शिक्षक अनुराग अधिकारी, विद्यार्थी जोसना गुरुङ, निशु गुरुङले बोलेका थिए ।

Sadak 1
पुल सेन्टर