newa srijana

स्याङ्जामा अवैध ढुङ्गा ढुवानीमा संलग्न टिप्पर नियन्त्रणमा

पोखरा । स्याङ्जा जिल्लाको वालिङ नगरपालिका–९ सुर्कौदी क्षेत्रमा अवैध रूपमा ढुङ्गा ओसार–पसार भइरहेको अवस्थामा एक टिप्पर प्रहरीले नियन्त्रणमा लिएको छ।

वडा प्रहरी कार्यालय वालिङका अनुसार सुचना प्राप्त भएपछि शुक्रबार दिउँसो खटिएको प्रहरी टोलीले बाहुनथान–मिर्दी सडकखण्डमा ग.१ क. ५०९० नम्बरको टिप्पर ढुङ्गा बोकेकै अवस्थामा फेला पारेको हो। प्रारम्भिक अनुसन्धानमा उक्त सवारी साधन नदिजन्य पदार्थको अवैध उत्खनन तथा ढुवानीमा संलग्न रहेको प्रहरीको भनाइ छ।

World link net

प्रहरी निरीक्षक सागर कार्कीले घटनाबारे जानकारी दिँदै सूचनाको आधारमा तत्काल टोली परिचालन गरिएको बताए। उनका अनुसार नियन्त्रणमा लिइएको टिप्परलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि वालिङ नगरपालिका कार्यालयमा बुझाइएको छ।

प्रहरीका अनुसार सुर्कौदी क्षेत्रका खोलानालामा अनधिकृत उत्खनन बढ्दै गएको छ जसले वातावरणीय सन्तुलन र सडक संरचनामा नकारात्मक प्रभाव परेको बताइन्छ। यस प्रकारका गतिविधि रोक्न निगरानी अझ कडा बनाइएको प्रहरीले जनाएको छ।

अनुसन्धानपछि चालकसहित संलग्न पक्षविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

सिटीजन फनिच्रर