newa srijana

मानाचामल मुद्दामा जरिवाना नतिरी ११ वर्ष फरार महिला पक्राउ

पोखरा। जिल्ला प्रहरी कार्यालय स्याङ्जाको विशेष अप्रेसन टोलीले लामो समयदेखि फरार रहेकी एक महिलालाई मङ्गलवार पक्राउ गरेको छ।

पुतलीबजार नगरपालिका–१४ की ५८ वर्षीया बसन्ती पौडेल घिमिरे वि.सं. २०७० मा मानाचामल मुद्दामा दोषी ठहर भएयता जरिवाना तिर्न बाँकी राखेर फरार थिइन्। जिल्ला अदालत स्याङ्जाबाट उनलाई २,०७० रुपैयाँ जरिवाना तोकिएको थियो। फैसला कार्यान्वयन नभएपछि उनी ११ वर्षदेखि प्रहरीको खोजी सूचीमा थिइन्।

सिटीजन फनिच्रर

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई आफ्नै घरबाट पक्राउ गरेको हो। पक्राउ परेलगत्तै उनलाई जिल्ला अदालतमा उपस्थित गराइसकिएको र जरिवाना असुली प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर कार्कीले बताए।

Mountain run pokhara click

प्रहरीले पछिल्लो समय पुराना फरार अभियुक्तहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्रता दिएको छ। जरिवाना वा कैद सजाय छल्न लुकेर बसेकाहरूलाई कानुनी दायरामा ल्याउन निरन्तर निगरानी भइरहेको प्रहरीले जनाएको छ।

Rabin photo