पोखरा । पोखरा क्रिकेट मैदानमा जारी हिमालयन क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न खेलमा प्रतिभा र हिमालयन बिजयी भएका छन ।
शनिवार सम्पन्न प्रतिभा र नबिनको बिचको पहिलो खेलमा नबिनले टस जितेर ब्याटि गर्दै २० ओभरमा ५ विकेटको नोक्सानीमा १३१ रन बनाउन सफल भयो । नबिनका ब्याटर साउददिन अनसारीले ५० बलमा ३६ रन बनाउन सफल भए त्यसैगरी ऋषि प्रजापतिले २० बलमा १८ रन बनाए । त्यसैगरी प्रतिभाका बलर रेबित शर्माले ४ ओभरमा २१ रन १ विकट तथा पुरन गुरुङले ४ ओभरमा ३४ रन १ विकेट लिन सफल भए । त्यसैगरी जवाफी ब्याटिङमा उत्रेको प्रतिभा सेकेण्डरीले १४.५ ओभरमा १ विकेटको नोक्सानीमा १३५ रन बनाउन सफल भए । प्रतिभाका ब्याटर साहबुद्धिन अनसारीले ४९ बलमा ७२ रन नट आउट रहन रहन सफल भए । त्यस्तै दीक्षान्त अर्यालले ३१ बलमा ३३ रन बनाउन सफल भए । यसैगरी नबिनका बलर सौरभ सिद्धिकीले ४ ओभरमा ५२ रन दिदै १ विकेट लिन सफल भए । उक्त खेलको म्यान अफदी म्याच प्रतिभाका साहबुद्धिन अनसारी घोषित भए ।

त्यस्तै हिमालय एकेडेमी र कुमुदिनी होम्सबीचको दोश्रो खेलमा कुमुदिनीले टस जितेर ब्याटिङ गर्दै १७.२ ओभर खेल्दै १० विकेटको नोक्सानीमा ५८ रन बनाउन सफल भयो । कुमुदिनीको इनिङमा सिद्धार्थ रावत २२ वलमा १७ रन र रविन्स पुनले १७ बलमा १३ रन बनाउन सफल भए । यसैगरी हिमालयका बलर आयुष पनेरुले ४ ओभरमा १ मेडेन राख्दै ८ रन दिदै ५ विकेट लिन सफल भए । यसैगरी हिमायलन सेकेण्डरीले १५.२ ओभर खेल्दै ३ विकेटको नोक्सानीमा ६२ रन बनायो ।
जसमा शिवम श्रेष्ठले ५६ बलमा २० रन र आयुष पनेरुले १५ बलमा १० रन बनाउन सफल भए । बलिङ तर्फ कुमुदिनी होम्सका सिद्धार्थ रावतले ३.२ ओभरमा १० रन दिएर २ विकेट लिन सफल भए । उक्त खेलको म्यान अफदी म्याच हिमालयनका आयुष पनेरु घोषित भए । प्रतियोगितामा पुष २ गते पहिलो खेल लभिन सेकेण्डरी स्कुल र टप्स सेकेण्डरी स्कुल र दोश्रो खेल डायमण्ड र ग्लोबल बीच हुनेछ ।





