newa srijana

हजुरआमाको हत्या गरी सुन लुट्ने नाति पक्राउ

पोखरा । आफ्नै हजुरआमाको हत्या गरी सुनका गरगहना लुट्ने नातिलाई प्रहरीले पक्राउ गरेको छ।

पोखरा महानगरपालिका–३१ बाँसपानी निवासी ७५ वर्षीया दाल कुमारी परियारको हत्या गरी कान काटेर गरगहना लुट्ने घटनामा संलग्न निजकै नाति २२ वर्षीय आशिष परियारलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

मंगलबार दिउँसो घरमै धारिलो हतियारले आक्रमण गर्दै हजुरआमाको हत्या गरेका आशिष घटनापछि फरार भएका थिए। प्रहरीले बुधबार पोखरा महानगरपालिका–१० बुद्धचोकबाट उनलाई पक्राउ गरेको हो।

Mountain run pokhara click
सिटीजन फनिच्रर

जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको संयुक्त प्रहरी टोलीले सघन अनुसन्धानपछि आरोपीलाई लुटेका सुनका गरगहनासहित पक्राउ गरेको हो।

प्रहरीले आरोपीको साथबाट मृतककै सुनका कानका रिङ दुई थान र साना मुन्द्रा चार थान बरामद गरेको छ। डिजिटल तराजुमा तौल गर्दा ७२ लाल वजन भएको गरगहनासहित घटनामा प्रयोग भएको बन्चरो र चक्कु पनि बरामद गरिएको प्रहरी नायब उपरीक्षक हरी बहादुर बस्नेतले बताए।

प्रहरीका अनुसार कास्की जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ।

Rabin photo