सुचना१
newa srijana

पोखरा कलेजमा कृषि उद्यमशीलता तालिम सम्पन्न, पाँच विद्यार्थी पुरस्कृत

पोखरा । पोखरा कलेज अफ म्यानेज्मेण्टको आयोजना तथा युनिभर्सिटी ग्राण्ट कमिसनको सहयोगमा एन्टरप्रोनियरशिप सपोर्ट प्रोग्राम अन्तर्गत ‘स्मार्ट एग्रोप्नरशिप एजुकेशन एण्ड टे«निङ्ग’ कार्यक्रम पोखरामा सम्पन्न भएको छ ।

पाँच दिन सम्म चलेको ४० घण्टे कार्यक्रममा व्यवसायिक कृषिका बारेमा तालिमसंगै सैद्धान्तिक पक्षबारे चर्चा भएको थियो । तालिमको छैठौं दिन सोमबार कार्यक्रममा सहभागि ३० विद्यार्थीहरुले आ–आफ्नों कृषि व्यवसायिक योजना प्रस्तुत गरे । तालिममा बिबिए, बिसीआइएसमा सातौं र आठौं सेमेष्टर पढ्दै गरेका तथा पछिल्लो पाँच वर्षका पास आउट विद्यार्थीले सहभागिता जनाएका हुन् ।

सडक महोत्सव

ति मध्येबाट छानिएका उत्कृष्ट पाँच सहभागिले नगद दश–दश हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । पुरस्कृत हुनेहरुमा अञ्जली पौडेल, प्रवास आचार्य, निशान क्षेत्री, दिपिका रिमाल र कृतिका पराजुली रहेका छन् । उनीहरुले विद्यार्थीलाई व्यवसायीक बनाउने उद्येश्यले यस्तो तालिम आयोजना गरेकोमा कलेजलाई धन्यवाद ज्ञापन गर्दै यो तालिमले आफुहरुलाई व्यवसायीक बन्न हौसला प्राप्त भएको बताए । उनीहरुलाई कलेजका बिसिएस आइटी संयोजक ई.हरि बरालले बधाई संगै शुभकामना व्यक्त गर्नुभयो । कलेजका अध्यक्ष विनोद कायस्थले तालिमका सहभागि विद्यार्थीहरुलाई प्रमाण–पत्र प्रदान गर्नुभयो ।

तालिममा उत्कृष्ट बनेका पाँच विद्यार्थीहरु काठमाण्डौमा हुने अन्तिम प्रतियोगिताका लागि समेत छानिएका छन् । काठमाण्डौमा उत्कृष्टता हाँसिल गर्ने विद्यार्थीहरुले बढिमा १ करोड सम्मको प्रस्तावमा ४० प्रतिशत सम्म विना व्याज ऋण प्राप्त गर्नेछन् ।

अन्तिम दिन निर्णायक मण्डलमा रहेका पोखरा महानगरपालिका व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारी, उद्यमी एवं अनुसन्धानकर्ता रबी भण्डारी, हरिलो एग्रो इण्डष्ट्री प्रालिका सह संस्थापक प्रकाश आचार्य रहनुभएको थियो । रिसर्च मेनेज्मेण्ट कमिटि संयोजक डा.अर्जुन सिग्देलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

पुल सेन्टर
वडा नं २६