newa srijana

लेखनाथ महोत्सवमा कवि शिरोमणिलाई सम्झिदै ढकाललाई अभिनन्दन

पोखरा  । कवि शिरोमणि लेखनाथ पौड्यालको योगदान स्मरण गर्दै साहित्यिक कार्यक्रम अन्तर्गत शनिवार अभिनन्दन सम्पन्न भएको छ।

नेपाल संस्कृत विश्वविद्यालयबाट ’लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन’ शीर्षकमा विद्यावारिधि उपाधि प्राप्त गरेका डाक्टर वोधराज ढकाललाई अभिनन्दन गरिएको छ ।

आँधीखोला–६ स्याङ्जामा जन्मेर हाल पोखरा–८, सिमलचौर निवासी ढकालले त्रिभुवन विश्वविद्यालय अन्तर्गत पृथ्वीनारायण क्याम्पसमा नेपाली वाङ्मयका विविध विधाहरुको प्राध्यापन, विभिन्न अनुसन्धानमूलक समीक्षात्मक कृतिहरुको प्रकाशन, शोध निर्देशन जस्ता महत्वपूर्ण कार्यहरु गरेका छन् ।

कार्यक्रममा बोल्दै नेपाली भाषा तथा साहित्यमा उनको योगदानको कदर भएकोमा साहित्यकार एवम् संस्कृतिविद् प्राध्यापक डाक्टर कुशुमाकर न्यौपानेले खुशी व्यक्त गरेका थिए।

सिटीजन फनिच्रर

उनको प्रशंसनीय कार्यको उच्च मूल्याङ्कन गर्दै लेखनाथ महोत्सव २०८२ तथा कविको १४२ औं जन्मजयन्तीका अवसरमा अभिनन्दन पत्र अर्पण गर्न पाएकामा मूल संयोजक जानुका अधिकारीले वास्तवमै यसले कवि शिरोमणिप्रति सम्मान भएको उल्लेख गरिन्।

साहित्यिक उप–समिति संयोजक कृष्णप्रसाद ढुङ्गानाले सञ्चालन गरेको कार्यक्रममा लेखनाथ पत्रकार मञ्चका अध्यक्ष एवम् साहित्यिक उप–समिति सदस्य विष्णुहरि पौडेलले स्वागत तथा पोखरा साहित्य प्रतिष्ठानका स्थापनाकालीन अध्यक्ष पदमराज ढकालले स्रष्टा परिचय गराएका थिए ।

कार्यक्रममा कवि शिरोमणिका कविता वाचन समेत गरिएका थिए । अभिनन्दित स्रष्टा बोधराज ढकालले सम्मानले आफूलाई थप प्रेरणा मिलेको उल्लेख गरे । संघका पूर्व अध्यक्ष छत्रधर आत्रेय,संस्कृत क्याम्पस पोखराका पूर्व क्याम्पस प्रमुख प्राध्यापक डाक्टर जगन्नाथ रेग्मी लगायतले कवि शिरोमणिको साहित्यिक योगदानलाई स्मरण गरेका थिए ।

उक्त अवसरमा कवि लेखनाथसँग सम्बन्धित प्रश्नका उत्तर मिलाएका ७ जनालाई जनही एक हजार रुपैयाँ सहित पुरस्कृत गरिएको थियो । महोत्सवका अन्य नियमित कार्यक्रमहरु यथावत चलेका छन् ।

Press register 3