सुचना१
newa srijana

अन्नपूर्ण गाउँपालिका–८ तमु गाउँमा सुन्तलाको व्यावसायिक खेती फस्टाउँदै

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–८ स्थित तमु गाउँमा सुन्तलाको व्यावसायिक खेती सफल हुँदै गएको छ । करिब ४४ घरधुरी रहेको यस गाउँमा तीन सय रोपनी क्षेत्रमा सुन्तला खेती भइरहेको छ ।

स्थानीय तहले गाउँलाई सुन्तला पकेट क्षेत्रका रूपमा घोषणा गरिसकेको छ । यहाँका किसानहरूले उत्पादन गरेको सुन्तला ठेक्का प्रणालीमार्फत बिक्री गर्ने गरेका छन् ।

हालै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी र नेपाल सरकारका सहसचिव विनोद कुवरले कृषि क्षेत्रको अनुगमनका क्रममा यस गाउँको भ्रमण गरेका थिए । उनीहरूले आगामी वर्ष उत्पादन वृद्धिका लागि किसानसँग छलफल गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको कार्यपालिका सदस्य भूपाल घर्तीले जानकारी दिए ।

सडक महोत्सव
पकेट क्षेत्र घोषित तमु गाउँमा सुन्तलाको राम्रो उत्पादन

पालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ कार्यपालिका सदस्य घर्तीले बताए । उनले भने स्थानीय सरकारका प्रतिनिधिहरू प्रत्यक्ष रूपमा किसानको खेतबारीमा पुगेर समस्या बुझ्दा र समाधानका लागि प्रतिबद्ध हुँदा किसानहरूमा उत्साह बढेको छ ।

घर्तीका अनुसार आगामी दिनमा सुन्तला खेतीलाई थप प्रोत्साहन गर्न गुणस्तरीय बिरुवा, मल र प्राविधिक तालिमको व्यवस्था गरिने छ । पालिकाले बजार व्यवस्थापनमा पनि सहजीकरण गर्ने उनले बताए ।

तमु गाउँका किसानहरू सुन्तला खेतीबाट उत्साहित देखिन्छन्। पकेट क्षेत्रको घोषणासँगै यहाँका किसानले प्राविधिक सहयोग र बजार सुनिश्चितताका कारण उत्पादन वृद्धिमा जोड दिने योजना बनाएका छन् ।

पुल सेन्टर
वडा नं २६