सुचना१
newa srijana

पुतलीबजारमा कपडा बैंक सञ्चालन

पोखरा । स्याङ्जाको सदरमुकामस्थित पुतलीबजार नगरपालिकामा पहिलो पटक कपडा बैंक सञ्चालनमा आएको छ । पुतलीबजार नगरपालिका–१ ट्याक्सी चोकमा कपडा बैंकको औपचारिक रुपमा संचालनमा आएको हो ।

पुतलीबजार नगरपालिका–३ मा स्थापित लत्रेपिपल युवा क्लब र नगरपालिकाको सयुक्त साझेदारी र समन्वयमा कपडा बैंक सञ्चालनमा ल्याइएको छ । सामाजिक उत्तरदायित्वको भावनालाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यले कपडा बैंकको स्थापना गरिएको क्लबका अध्यक्ष तथा कपडा बैंक कार्यक्रम संयोजक मनोज मल्लले जानकारी दिए ।

सडक महोत्सव

लक्षित वर्गका नागरिकलाई आवश्यक कपडा सहज र सम्मानजनक रूपमा उपलब्ध गराउने उद्देश्यसहित अभियान शुरु गरेको जनाइएको छ । कपडा बैंकलाई दीगो रूपमा सञ्चालन गर्न स्थानीय समुदायको सक्रिय सहभागिता, नियमित संकलन, पारदर्शी व्यवस्थापन र स्वयंसेवक परिचालन आवश्यक रहेको क्लबले जनाएको छ ।

घरघरमा प्रयोगमा नआएका तर प्रयोग गर्न मिल्ने कपडा, झोला, जुत्ता लगायत सामग्री सफा गरेर दान गर्न आम नागरिकलाई आग्रह गरिएको छ । कपडा बैंक संचालनमा आएसँगै गरिब तथा विपन्न परिवारका सदस्यले राहत पुग्ने पुतलीबजार नगरपालिकाका नगरप्रमुख तुलसीराम रेग्मीले बताए ।

‘हुनेले दिने, नहुनेले लग्ने’ अभियान स्वरुप कपडा बैंक संचालन गरिएको हो । कपडा बैंकको दिगो रुपमा संचालन गर्न स्थानीय सर्वसाधारणसँग हातेमालो गरिने क्लबले जनाएको छ । खासगरी गरिब परिवारलाई लक्षित गरी कपडा बैंक संचालनमा ल्याएको पुतलीबजार नगरपालिको जनाएको छ ।

पुल सेन्टर
वडा नं २६